Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा ९.६९ अंकको गिरावट, ८० करोडको कारोबार


    आइतबार, असोज ३० २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले घटेको छ । आज नेप्से परिसुचक ९ दशमलव ६९ अंकले घटेर १८६० दशमलव ९४ विन्दुमा बन्द भएको हो। 

    त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ७२ अंकले घटेर ३६५ दशमलव ४२ विन्दुमा थामिएको हो । 

    यसैगरी, आइतबार २२१ कम्पनीको ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर खरिद विक्रि भइरहेको नेप्सेले जनाएको छ । 

    जसमध्ये एभरेष्ट बैंकको सर्वाधिक ८ करोड ४७ लाख ६० हजारको कारोबार भएको छ । यस्तै ग्लोबल आईएमई बैंकको ४ करोड ८८ लाख ६ हजारको कारोबार भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार