Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न प्रचण्डले गरे आग्रह


    आइतबार, असोज ३० २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेकपा (माअ‍ेवादी केन्द)को अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले हरेक मतदातालाई एक अर्काको पार्टीको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठेरो नमान्न आग्रह गरेका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटै जस्तो भएको बताएका हुन् ।

    ‘हामीले धेरै पहिलेदेखि हसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं । २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डा साथसाथै राखेर आन्दोलनको आँधीहुरी चलायौं’ प्रचण्डले भने, ‘त्यतिबेला देखि नै हसिया हथौडा र रुख एक ठाउँमा भएकै हो ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार