Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्यमोहनको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा 


    आइतबार, असोज ३० २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले आज राष्ट्रिय झण्डा ओढाएका हुन् ।

    जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए । 

    जोशी ७ असोजमा उपचारका क्रममा क्रिष्ट अस्पतालमा भर्ना भएका थिए। शताब्दी पुरुष जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

    satya-mohan-deadbody_4_nCkm8PD6qg.jpg
    undefined
    satya-mohan-deadbody_5_C4rOSs9ZHa.jpg
    undefined
    satya-mohan-deadbody_10_DBTREdau3I.jpg
    undefined
    satya-mohan-deadbody_14_tIoK06uoFC.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार