काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको अर्थात् पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक सेनाका खेलाडीको मृत्यु भएको छ ।
नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० का २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । उनको उक्त प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खसेर मृत्यु भएको हो ।
उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए । उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।