Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दु:ख व्यक्त


    आइतबार, असोज ३० २०७९
    850
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले शताब्दी पुरुष जोशीको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले भनेका छन्, ‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखित र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उहाँको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

    १०३ वर्षीय सत्यमोहन जोशीको आइतबार बिहान उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो । उनको निधनप्रति नेपाली कांग्रेसले पनि दुःख व्यक्त गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार