Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुदमा हालसम्म नेपाल प्रहरीलाई १० स्वर्ण 


    आइतबार, असोज ३० २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक हात परेको छ। 

    यस्तै,  विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य जितेको छ । 

    यस्तै पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य पदक नेपाल प्रहरीले हात पारेको छ । 

    टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य, तेक्वान्दोमा ४ स्वर्ण र १ रजत तथा करातेमा १ स्वर्ण र २ कास्य पनि नेपाल प्रहरीले प्राप्त गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार