काठमाडौँ। देशका पश्चिमी भूभागबाट असोज २९ गतेदेखि बाहिरिन शुरू गरेको मनसुन आजबाट भने देशका सबै भूभागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार पहिलो दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिन शुरू गरेको थियो। आज प्रदेश १ लगायत देशका सबै भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस वर्ष गत जेठ २२ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो। प्रायः नेपालमा मनसुन १२० दिन रहने गरेको छ। यस्तै प्रायः मनसुनको समयमा देशभित्र जनधनको ठूलो क्षति हुने गरेको छ।