Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शताब्दी पुरुष सत्यमोहनको शरीर नजलाइने, अध्ययनका लागि राखिने


    आइतबार, असोज ३० २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाइ सुरक्षित तरिकाले राखिने भएको छ । आइतबार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा उनको निधन भएको थियो ।

    उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

    जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।

    उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने डाक्टर किशोर सिंह बस्नेतले बताए ।

    जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार