Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट बच्न वृद्धाश्रममा मास्क तथा साबुन वितरण


    शुक्रबार, चैत्र ७ २०७६
    825
    Shares
  • २ मिनेट पाठ
  •   काठमाडौँ, ७ चैत ।  भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले राजधानीका वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोक्ने उद्देश्यले मास्क तथा हात धुने सामग्री वितरण गरेको हो ।

    शुक्रबारबाट अभियान सुरु गरेको फाउण्डेशनकी कार्यसमिति सदस्य लीमा अधिकारीले बताइन् । उनले शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ५० जना वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गर्नुका साथै हात धुने वैज्ञानिक तरिकाबारे जानकारी दिएको बताइन् । 

    चीनको वुहान सहरबाट सुरु भएर विश्वभर फैलँदै गरेको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले उल्लेख गरिन् । 

    फाउण्डेशनका अनुसार कोरोना संक्रमणको त्रास रहुञ्जेल सचेतनामुलक गतिविधि जारी राखिने छ । फाउण्डेशनले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामग्री वितरण गर्ने योजना बनाएको छ । 

    अधिकारीले  सहयोग पाएकोमा वृद्धाश्रमका सदस्य धेरै खुसी भएको बताउँदै  भने, अहिलेसम्म राज्य वा अरु निकायबाट कोही पनि नगएको गुनासो उहाँहरुले गर्नुभयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार