Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर


    शुक्रबार, असोज २८ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

    किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

    release_1_ljiD2aH3U1.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार