काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महंगा गाडी, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लाग्दै आएको प्रतिबन्ध आगामी मंसिर मसान्तसम्म लम्ब्याएउनमा थप निरन्तरता दिएको छ ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई ६२ दिन अझै थप गर्न सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार प्रकारका वस्तुको पैठारीमा लाग्दै आएको बन्देज मंसिर मसान्तसम्म लम्ब्याइएको जानकारी दिए ।
यस्तै, अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात २९ मंसिर बिहीबारसम्म निरन्तर हुने कार्कीले बताए।
‘आयात प्रतिबन्ध लम्ब्याउने निर्णय भएको छ’, मन्त्रालय स्रोतले भन्यो,‘सरकारले यसबारे आजै निर्णय गर्ने र आजै रापत्रमा सूचना प्रकाशित हुनेछ ।’
आजसम्म गाडीको आयात प्रतिबन्ध तोकिएको थियो । राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लगाएको थियो ।