काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री रिस्ता बस्नेत अब चाँडै विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा प्रेमी ठकुरीको साथमा पुगेकी रिस्ताले विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताएकी हुन्।
रिस्ताका प्रेमी अजय हाल अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी सार्वजनिक गरिन् ।
फिल्म ‘होस्टेल’ बाट अभिनय करिअर सुरु गरेकी रिस्ताले थुप्रै फिल्म अभिनय गरेकी छन् ।