Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अवैध लागूऔषधसहित पाँच जना पक्राउ 


    बिहिबार, असोज २७ २०७९
    560
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। देशको छुट्टाछुट्टै स्थान अर्थात् जिल्ला दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    दाङको गडवा गाउँपालिका–६ गडवाबाट ३० ग्राम खैरो हेरोइन र ५० ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे.१ ह १६४० नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको हो । 

    पर्साको वीरगंज महानगरपालिका–८ रेल्वे रोडबाट ९ केजी ५ सय ग्राम चरेससहित सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार