काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा भने सुधार देखिएको छ । यसअघि सेयर बजार लगातार घटेको थियो। अघिल्लो दिन मंगलबार १६ अंकले घटेको नेप्से आज भने ११ दशमलव ३२ अंकले बढेर १८ सय ६६ दशमलव ४८ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको १४ हजार एक सय ८६ पटकको कारोबारमा २० लाख ८५ हजार दुई सय ८४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम ६९ करोड १७ लाख ३७ हजार आठ सय ९४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा टे«डिङ र सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकले बढेका छन् ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये अभियान लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाईनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी आदिले कमाएका छन् भने। यसैगरी एभरेष्ट बैंकको ऋणपत्र, सानिमा लार्ज क्याप फण्ड, मन्दाकिनी हाईड्रो पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था आदिले भने गुमाएका छन् । आज नबिल बैंक, रिडी हाईड्रो पावर कम्पनी, चिलिमे हाईड्रो पावर लिमिटेड आदिले बढी रकम कारोबार गरेका छन्।