काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा एक जना चिकित्सक मृत अवस्थामा भेटिएकी छिन् । काठमाडौंको सिभिल अस्पतालमा कार्यरत २८ वर्षीया सुस्मिता पाठक मृत अवस्थामा फेला परेकी ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।
जनकपुर घर भएकी डाक्टर पाठकको शव पोष्टमार्टमका लागि पाटन अस्पतलामा पठाइएको छ । डेरामा ढोका बन्द गरेको अवस्थामा उनी मृत फेला परेकी हुन् । आमासँग बस्दै आएकी डा.पाठकले एक्लै भएको बेला आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
यस घटनाबारे प्रहरी वृत सातदोबाटोले थप अनुसन्धान गरिरहेको छ ।