Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा स्कुटर पल्टिदा चालकको मृत्यु


    बुधबार, असोज २६ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उधोगपुरीमा गएराती सवा ११ बजे स्कुटर अनियन्त्रीत भएर पल्टिदा चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ बर्षीय सन्तोष खत्री रहेका छन् । 

    खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराती सवा ११ बजे अनियन्त्रीत भएर पल्टिदा उनी गम्भीर घाइते भएका थिए । 

    खत्रीलाई उपचारको लागि भैरहवास्थित भिम अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार