Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  कोरोना भाइरस : दुई साताको लागि अदालत बन्द हुने 


    शुक्रबार, चैत्र ७ २०७६
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ७ चैत । मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्। विश्वको अधिकांश मुलुकमा फैलिएको कोरोना भाइरसबाट बच्न दुई साताको लागि अदालतहरु बन्द गर्न लागेको हो । 

    शुक्रबार सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको सर्वोच्च स्रोतले बताएको छ। 

    सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो। 

    केहीदिन अघि नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्चलाई सुझाव दिएको थियो। त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र राणाले आकस्मिक फूलकोर्ट बैठक डाकेका थिए। 

    आज मुद्दा समेत नहेरी न्यायाधीशहरू फूलकोर्ट बैठकमा उपस्थित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार