काठमाडौँ। राजस्व अनुसन्धान विभागले राजस्व छलेको अभियोगमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा बिक्री गरी सो वापत प्राप्त आयमा सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाई चुहावट गरेको भन्दै विभागले नुवाकोट घर भई धापाखेल बस्दै आएका रामशरण बोगटी, सिरहा बस्ने अमितकुमार साह, अछाम घर भई इमाडोल बस्ने नमराज तिमिल्सिना र अछाम बस्ने तिर्थराज ढकालविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
जस्व अनुसन्धान विभागले ती व्यक्तिहरुबाट १८ लाख ४६ हजार ७३४ बिगो कायम गरी जरिवाना तथा सजाय माग गरेको छ ।