Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  बाढी र पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता र १५ जना घाईते


    मंगलबार, असोज २५ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा अरिवल वर्षा पछि गएको बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । 

    ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । 

    बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार