काठमाडैँ। ललितपुरको गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।
गोदावरी नगरपालिकाको वडा नं ३, ११, १२, र १४ मा डेंगुको बढी सङ्क्रमण बढी देखिएको गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले बताए।
रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी जानकारी प्रधान गरिरहेका छन्।
नेपालमा ३३ हजार ९७५ मा डेंगु सङ्क्रमण र उक्त संख्यामा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।