Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकै ठूलो ड्रोन निर्माता कम्पनी डीजेआई कालोसूचीमा


    मंगलबार, असोज २५ २०७९
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडाैं । विश्वभर प्रख्यात रहेको र विश्वकै ठूलो ड्रोन निर्माता कम्पनी डीजेआईले चिनियाँ सेनासँग सम्बन्ध बढाएकाे भन्दै डीजेआईलाई अमेरिकाले कालाेसूचीमा राखेकाे छ । 

    गत हप्ता विभागले डीजेआई बाहेक थप १३ कम्पनीलाई कालाेसूचीमा राखेकाे थियो । यससँगै अमेरिकाकाे कालाेसूचीमा पर्ने चिनीयाँ कम्पनीहरु ६० भन्दा बढी पुगेका छन्, जसमा सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनी एसएमआईसी, प्रविधि कम्पनी ह्यावे टेक्नाेलाेजीजस्ता ठूला कम्पनीहरु पनि रहेका छन् ।

    यसैबीच डीजेआईका प्रवक्ता एडम लिसबर्गले आफूहरु कालाेसूचीमा पर्ने कुनै कारण नभएकाे प्रतिक्रिया दिएका छन् । साथै सैन्य उद्देश्यका लागि आफ्नो विमान प्रयोग गर्न निरुत्साहित गर्ने एकमात्र ड्रोन निर्माता डीजेआई रहेकाे पनि उनले दाबी गरेका छन् । चीनकाे शेन्जेन शहरमा आधारित डीजेआई टेक्नोलोजीले विश्वमा ७६ प्रतिशत ड्राेनकाे बजार हिस्सा ओगट्ने गर्दछ ।

    चीनले अमेरिकालाई अन्य राष्ट्रहरूको विकासमा बाधा पुर्‍याउन वैज्ञानिक र प्राविधिक उपलब्धिहरू प्रयोग नगर्न कडा चेतावनी दिएको चिनियाँ स्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार