Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन जना मृत अवस्थामा भेटिए 


    मंगलबार, असोज २५ २०७९
    450
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। देशका विभिन्न स्थानबाट तीन जना मृत अवस्थामा फेला परेका छन् । 

    कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् । 

    उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

    खेतमा पानी हेर्न गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा उनको शव फेला परेको हो । 

    डोटीको बडिकेदार गाउँपालिका–३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

    बडिकेदार गाउँपालिका–३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो । 

    बर्दियाको बाँसगढी नगरपालिका–१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका–६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार