Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड लगानी गर्दै 


    मंगलबार, असोज २५ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ठुलो मात्रामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

    जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र फाइनान्समा २ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।

    मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले बुधबार (२६ असाेज) राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्ने बताएको छ। 

    यस्तो लगानी आउँदो कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार