Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्याङ्जामा सर्पले डसेर एक जनाको मृत्यु


    सोमबार, असोज २४ २०७९
    610
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गएराति सर्पले डस्दा स्याङ्जाको वालिङ- ८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको मृत्यु भएको छ।

    उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा उनको निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।

    गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उनले बताए। 

    ‘सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्‍याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो’, सूचना अधिकारी पौडेलले भने, ‘यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्‍यौँ तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार