Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 


    सोमबार, असोज २४ २०७९
    450
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    जिल्लाको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा हिजो बेलुका मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीया महिलाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छिन् । 

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । 

    मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो । 

    मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार