Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  पुकार बमले गराए राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता


    आइतबार, असोज २३ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी निर्वाचनका लागि पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन्। बमले काठमाडौं क्षेत्र नम्बर १ बाट काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर मनोनयन दर्ता गराएका हुन्।

    मनोनयन दर्तापछि बमले आफूहरुलाई सबैतिरबाट समर्थन आइरहेकोले ढुक्क रहेको दाबी गरे। 

    ‘हामीलाई जुन खालको साथ र समर्थन आइरहेको छ सबैतिबाट, देशभित्रबाट देशबाहिरबाट मैले नेतृत्व गरेको अभियानबाट, त्यसकारण नतिजा हाम्रो पक्षमा आउँछ भनेर हामी ढुक्क छौँ,’ उनले भने। 

    निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार