Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विमानस्थलबाटै पक्राउ परे पूर्व कप्तान सन्दीप लामिछाने


    बिहिबार, असोज २० २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । एक जना १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

    दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान मात्र काठमाडौं ओर्लिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले हत्कडी लगाएको छ । हतकडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको छ । सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग सम्बोधन भएनन् ।

    विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने स्रोले जनाएको छ ।

    गत भदौ २१ गते एक १७ वर्षीया नाबालिकाले आफूलाई सन्दीपले ५ भदौमा गौशालाको होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी थिइन् ।

    क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला उनीविरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

    IMG_20221006_123255.jpg
    undefined
    IMG_20221006_123315.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार