Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँको आज सातौँ दिन, प्रत्यकको घरमा फूलपाती भित्र्याइँदै


    आइतबार, असोज १६ २०७९
    895
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ। सम्पूर्ण नेपालीहरुको विशेष चाड बडा दशैंको साताै दिन अर्थात् घटस्थापनादेखिको सातौं दिन आज कालरात्री भगवतीकाे पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेकाे छ ।

    कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीकाे क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनकाे नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ अर्थात् फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

    यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेकाे शुभ समय निर्धारण गरेकाे छ।

    षष्टी तिथिका दिन साझकाे समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकाेठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएकाे छ।

    १ कदली- केराकाे पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बाेट ) ४ हरिद्रा- हलेदाे ५ मानकं – ६ कचु ७ अशाेक ८ बेल ९ जयन्ती यसरी नाै प्रकारका अैाषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नकाे समय पारेर पुजाकाेठा या जमरा घरमा विधिपूर्वक दियाे,कलश गणेश स्थापना गरेर पञ्चाेपचार या षाेडषाे पचारले विधिपूर्वक पुजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

    वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाकाे विशेष महत्व रहेकाे छ । हाम्राे देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएकाे पाईन्छ । हिमाल,पहाड र तराई गरि तीन भागमा नेपाली हरुकाे बसाेवास रहेकाले पनि भूमि हनुसार उपलब्ध बस्तुहरु पुजाघरमा भित्र्याउने र पुजागर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार