Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकलबाट खसेका युवालाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु


    शुक्रबार, असोज १४ २०७९
    445
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नारायणगढ–मुग्लिन सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका युवाको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो ।

    हिजो साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई अचानक कुल्चिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको र  ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार