काठमाडौं। दसैँ लागेसंगै आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो बिहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एकैपटक तोला १२ सयले बढेको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बिहीबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूलमा कारोबार हुने महासङ्घले जनाएको छ ।