Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोठाटार गोलीकाण्ड : लाल महम्मदको हत्या गरेको अभियोगमा तीन जना पक्राउ


    शुक्रबार, असोज १४ २०७९
    925
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। 

    गोली लागि मारिएका सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

     उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ।

    कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्णमन्दिर नजिक गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो।

    घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ ।

    यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार