Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन पेश 


    बिहिबार, असोज १३ २०७९
    785
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलागि जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरीको माग गरेको संख्या भन्दा दोब्बर आवेदन पेश भएको छ। आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवा रहेका छन्।

    लमजुङमा एक हजार ९७ म्यादी प्रहरी माग भएकोमा एक हजार सात सय ८६ जनाको आवेदन परेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। 

    आवेदन दिनेमध्ये एक हजार तीन सय ४० पुरुष र चार सय ४६ जना महिला रहेका छन्। जिल्लामा भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो। लमजुङमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी जगदीश रेग्मीले बताए।

    उनका अनुसार फारम भरेकाहरूमध्येबाट यसअघिका निर्वाचनहरूमा काम गरेका, सुरक्षा निकायमा काम गरेका व्यक्तिहरू प्राथमिकतामा पर्नेछन्।  छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार