Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैपटक तोला १२ सयले बढ्यो सुनको मूल्य


    बिहिबार, असोज १३ २०७९
    525
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य ठुलो दरले बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो।

    बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज बजारमा चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार