Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध लागूऔषधसहित सात जना पक्राउ


    बुधबार, असोज १२ २०७९
    645
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित सात जना पक्राउ परेका छन्। 

    दाङको घोराही उपमहानगरपालिका–११ बन्चरेबाट १ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    कञ्चनपुरको बेलौरी नगरपालिका–६ वैशाखाबाट २ ग्राम १६ मिलीग्राम खैरो हेरोईनसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३  कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । 

    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे ७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

    झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट करिब ७५ ग्राम ब्राउन सुगरसहित रामेछाप नगरपालिका–८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो । 

    यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ पाथिभरा टोलबाट करिब १३ ग्राम ब्राउन सुगरसहित इलाम माई नगरपालिका–२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार