Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चाडपर्वको मौकामा यात्रुसँग बढी भाडा लिन खोज्ने १६ जना पक्राउ 


    बुधबार, असोज १२ २०७९
    445
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चाडपर्वको मौका छोपेर यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने  १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । 

    बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । 

    पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार