काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा थप ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १४४ पुगेको छ ।