काठमाडौँ। मोरङमा एकजना शारीरिक रूपमा अपांगता भएकी १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।
जिल्लाको लेटाङ नगरपालिका– ९ की १९ वर्षीया किशोरीमाथि बलात्कार भएको हो ।
बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर रार्ई पक्राउ परेका छन्। राईले शनिबार राति आफ्नो खेतमा बनाएको टहरोमा किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको प्रहरीले बताएको छ ।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।