Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङ शुरु गर्यो 


    सोमबार, असोज १० २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल वायुसेवा निगमले आज सोमबारबाट सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको छ । निगमका अनुसार यही असोज १० गते सोमबारबाट आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग (इन्टरनेट बुकिङ इन्जिन (आईबिई) मार्फत टिकट बुकिङ्ग शुरु गरिएको हो । 

    यसबाट यात्रुवर्गले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जनाएको छ ।

    निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवा मार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुने निगमले विश्वास गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार