काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ। नगरपालिकाको वडा नं. ४ स्थित सो अस्पतालबाट अहिले दैनिक उक्त रोगको निःशुल्क परीक्षण तथा उपचार भइरहेको स्रोतले जनाएको छ ।
नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
यस्तै, एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगको लक्षण रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
नगर क्षेत्रभित्र पनि डेंगु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गरेको छ।