Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट ‘प्रेम गीत ३’ हिन्दी संस्करण रिलिज


    सोमबार, असोज १० २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेम गीत ३’ आज (सोमबार) बाट हिन्दी संस्करणमा पनि रिलिज भएको छ । यो संस्करण पनि शुक्रबार नै रिलिज गर्ने निर्माण युनिटको योजना भएपनि सेन्चर लगायत कारणले फिल्मको रिलिज केही दिन ढिलासुस्ती हुन पुगेको हो । 

    सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय छ । फिल्म भारतलगायत विश्वका धेरै देशमा एकसाथ रिलिज भएको हो ।

    यसअघि, चलचित्र विकास बोर्डले हिन्दी भाषामा स्वरांकन गरेको चलचित्रलाई नेपाली भन्न नसकिने भन्दै विदेशी भाषाको चलचित्र सरह सेन्सरका लागि कागजात जुटाउन भनेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार