Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  हनुमानढोका दसैंघरमा जमरा राखियो (फोटो फिचर)


    सोमबार, असोज १० २०७९
    600
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । सम्पूर्ण नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँ आजबाट सुरु भएको छ । आज घटस्थापना एवं बडा दशैँको आज पहिलो दिन हो। सोमबारबाट नवरात्र सुरु भएको छ । जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । 

    यस्तै, काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा  हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो । 

    हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।  

    गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ । 

    साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।  यस वर्षको दसैैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।

    308142996_662849998270295_93769710517990520_n.jpg
    undefined
    308183838_1267845183971050_6466391441277249957_n.jpg
    undefined
    308040408_399802295676864_6848834181025843788_n-1-.jpg
    undefined
    308159960_5484425155005217_312870800576872836_n.jpg
    undefined
    308473410_620322019593364_730347407411178779_n.jpg
    undefined
    308143556_423983286320292_1908281372786742639_n.jpg
    undefined
    308023602_1544914402633067_1898952169826531066_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार