Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई महिनामा ६ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो 


    सोमबार, असोज १० २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो दुई महिनाको अन्तरालमा विभिन्न देशबाट ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट नेपालमा भित्रिएको भन्सार विभागले जनाएको छ । 

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् । 

    सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ । 

    नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ । पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ । 

    गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार