Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिलो दुई महिनामै ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो  


    आइतबार, असोज ९ २०७९
    770
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा भारतबाट ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालमा भित्रिएको छ । 

    भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो। 

    सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ । 

    गत दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी ग्यास नेपाल आएको छ । 

    गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार