Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार २३.८३ अंकले घट्यो


    आइतबार, असोज ९ २०७९
    670
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक २३.८३ अंकले घटेको छ । आईतबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।
    नेप्से आज २३ दशमलव ८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि तीन दशमलव ८३ अंकले घटेर तीन सय ५५ दशमलव ६० अंकमा खुम्चिएको छ । आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २२ हजार छ सय ८३ पटकको कारोबारमा ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैंयाँ कायम भएको छ । 

    त्यस्तै, नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त सहितका सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातै भएको छ  । 

    यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये अभियान लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी, आशा लघुवित्त वित्तीय वित्तीय संस्था आदिले कमाएका छन् भने तेह्थुम पावर लिमिटेड, सामलिङ पावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैक आदिले गुमाएका छन् भने लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड आदिले भने आज बढी रकम कारोबार गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार