काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र भित्री सडक खण्डमा भारी वर्षापछि शनिबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा शनिबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।