काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १ जना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप ११६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ ।