काठमाडौं । हिजो शुक्रबार देखि विश्वभरका १ हजार २०० पर्दामा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण लिक भएको छ ।
चलचित्र संवद्ध स्रोतका अनुसार नेपालमा सोमबारदेखि प्रदर्शन गर्ने तयारी भइरहेको फिल्मको हिन्दी डब भने प्रदर्शनअघि नै लिक भएको हो।
नेपालमा हाल यस चलचित्रको नेपाली संस्करण प्रदर्शनमा छ भने निर्माण पक्षले यस अघिनै नेपालमा पनि हिन्दी संस्करण रिलिज गर्ने घोषणा गरिसकेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको थियो।
यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गित ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो ।
नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।