Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनामनगर- धोबीखोला क्षेत्रको अवैध संरचनामा चल्यो महानगरको डोजर 


    शुक्रबार, असोज ७ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले केहि दिनदेखि अवैध संरचना अभियान  जारी राख्दै आज महानगरले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचनामाथि डोजर चलाएको छ।  शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो ।

    अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काउनुको साथै नक्सा विपरीत बनेको पर्खालहरुमा पनि महानगरपालिकाले डोजर चलाएको हो ।

    महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार