काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामै एक हजार रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।