काठमाडौं। नेपाल क्रेडिट एन्ड कमर्स बैंक(एनसीसी) र ‘फोन पे’बीच दसैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु १०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।
यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी गरेको हुनुपर्नेछ ।
महान पर्व दसैँ र तिहार गरी दुईपटक यो अफर सञ्चालन हुने भएको छ भने दसैँलक्षित यस अफर असोज ७ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ। यस्तै तिहारलाई लक्षित गरी कात्तिक २ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३९ एटीएम सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।